लमजुङमा पहिरोमा परेर मृत्यु हुनेको सँख्या ५ पुग्यो

लमजुङ | असार १२, २०८१

लमजुङमा पहिरोमा परेर मृत्यु हुनेको सँख्या ५ पुग्यो

लमजुङ:     अविरल बर्षासंगै लमजुङको दुई स्थानमा पहिरोमा परेर ज्यान गुमाउनेको सँख्या पाँच पुगेको छ । गएराती देखि शुरुभएको बर्षासँगै क्व्होलासोथार गाउँपालिका–३ बगुममा तीन घर बगाउदा एकै परिवारका चारजनाको मृत्यु भएको हो ।

 

अविरल वर्षासंगै बगुमस्थित पच्यु टोलमा पहिरो गएको हो । स्थानीय रूद्रमान गुरूङ, पञ्चकुमारी गुरूङ र चित्र घलेको घर पहिरोले बगाएको हो । पहिरोमा परेर ६९ वर्षीय रूद्रमान गुरूङ, ३६ वर्षिय पञ्चकुमारी गुरूङ, उनका दुई छोरीहरू ७ वर्षिया ईच्छा गुरूङ र ५ बर्षिया नम्रता गुरूङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

 


 

यो पनि पढ्नुहोस

 


मध्यराती गएको पहिरोमा परेर बेपत्ता भएकाहरुको विहान ११ः३० पछि मात्रै शव फेला परेको क्व्होलासोथार गाउँपालिका वडा नम्वर–३ का अध्यक्ष आशविर गुरुङले जानकारी दिनुभयो ।


स्थानियसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलि पनि घटनास्थल पुगेर शव खोजी कार्य गरेका हुन् । सदरमुकामदेखि घटनास्थलसम्म पुग्दा बाटोमा पहिरोकै कारण सडक अवरुद्ध भएकोले जिल्लाबाट खटिएको सैनिक प्रहरीको टोलि घटनास्थल पुग्न निकै समय लागेको थियो ।


त्यसैगरी गएरातीकै पहिरोका कारण दोर्दी गाउँपालिका–९, स्याउतमा पनि एक जनाको मृत्यु भएको छ । घरमाथिबाट आएको पहिरोले कोठामा सुतिरहेका १६ बर्षिय विकल सुनारको मृत्यु भएको हो । पहिरोमा परेर गम्भीर घाईते भएका विकललाई उपचारको लागी लमजुङ अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हो । स्थानियका अनुसार विकल एसईई दिएर नतिजाको पखाईमा थिए ।


सोहि पहिरोमा परेर विकलका दाजु १८ वर्षिय विमल सुनार पनि घाईते भएका छन् । घाईते सुनारको लमजुङ अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।


त्यसैगरी बर्षासँगै भएको चट्याङका कारण क्होलासोँथार–७ चरागाउँमा पनि एकजनाको मृत्यु भएको छ । घटनाबारे जानकारी आएसँगै प्रहरी चौकी गिलुङबाट प्रहरी टोली चरागाउँ पुगेर घटनाको पुष्टि गरेको हो । चट्याङबाट मृत्यु हुनेमा चरागाउँ केम्लीका ६५ वर्षीय दानबहादुर भुजेल रहेका छन् । मंगलबार राती २ बजेतिर पिसाव फेर्न बाहिर निस्केको बेलामा चट्याङ लागेको स्थानीयले बताएका छन् ।


यसैगरी चट्याङका कारण राइनास नगरपालिका–९ ढाड कलाउँचेका ३८ वर्षीय रामचन्द्र अधिकारी घाइते भएका छन् । उनको सुन्दरबजारस्थित नमुना अस्पतालमा उपचार भइहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी मिनबहादुर घलेले जानकारी दिनुभयो ।


चट्याङका कारण सदरमुकाम बेसीशहर नगरपालिका ६, शेराका मदन परियारको एउटा गोरु मरेको छ । विभिन्न क्षेत्रमा बिद्दुतिय सामाग्रीमा क्षति पुगेको खवर प्राप्त भएका छन् ।

पोखरा:   मधेशी आयोगले सातौं वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुखसमक्ष पेस गरेको छ ।   प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा आयोगकी सदस्य आभासेतु सिंहले वार्षिक प्रतिवेदन प्रद...

थप पढ्नुहोस्

काठमाडौं:  सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा ...

थप पढ्नुहोस्

पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा बुधबारदेखि ३२ औं ऐतिहासिक चैते दशैं मेला सुरु हुँदै छ । ग्रीन हिल क्लबको आयोजनामा हुने यस मेला चैत २७ गतेसम्म चल्ने क्लबका अध्यक्ष सुज...

थप पढ्नुहोस्